सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ को लिदीमा भीषण पहिराे गएको छ । उक्त पहिरोमा दर्जनौं घर पुरेको छ भने मानिस पनि पेरको अनुमान गरिएको छ।
शुक्रवार विहान ६ बजे पछि माथिबाट आएको पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएको, उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्क विहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।
अहिले उद्धार टोली हेलिकोप्टर सहित पहिरो गएको स्थानमा गएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराजा दुलालले जानकारी दिए।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै, २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।
प्रतिक्रिया