+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा आइसोलेसन वार्ड नबन्दा कोरोना संक्रमित क्वारेन्टाइनमै

पालिका लाइभ
२०७७ असार ५, शुक्रबार

गोरखा– आईसोलेसन वार्ड समयमा निर्माण सम्पन्न नहुदा कोरोना संक्रमणको पुष्टी भएका ११ जनालाई सम्बन्धित क्वारेन्टाइनमा राखिने भएको छ ।

गोरखा अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डहरु सवै संक्रमितहरुले भरिएको र थप निर्माण गर्न ढिलाई हुदा संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउन नसकिएको छ ।

गोरखा नगरपालिका–५ स्थित गोरखा क्याम्पसमा निर्माण गर्ने भनिएको १ सय बेड क्षमताको क्वारेन्टाइन सहितको आइसोलेसन वार्ड आजसम्ममा २५ बेड पनि तयार हुन सकेको छैन ।

हिजोबाट मात्र काम सुरु गरेकाले वार्डहरु तयार भईसकेका छैन, जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङले भने, ‘वेड त २०/२५ वटा नै बनिसकेको छ तर अन्य संरचना निर्माण हुन बाँकी रहेका कोरोना संक्रमितहरुलाई राख्न सक्ने अबस्था रहेन ।’

क्याम्पसको तल्लो तल्लाका काम भइसकेको भएपनि माथिल्लो तलामा काम गर्न बाँकी नै रहेको हुदा संक्रमितलाई ल्याएर राखेपछि काम गर्न समस्या हुने भएकाले उनिहरुलाई क्वारेन्टाइनमै सुरक्षितहरुलाई ढ्रगबाट राखिएकाे छ ।

उनले सिसिएमसीको बैठकले संक्रमित फेला परेका स्थानीयतहरुलाई भोलीसम्मका लागि संक्रमितलाई अहिलेकै ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ