+
Search

ताजा अपडेट +

पपुलर +

बेरोजगारी र भोकमरी अन्त्यका लागि गाउँमुखी अर्थनीति आवश्यक : पौडेल

पालिका लाइभ
२०७७ जेष्ठ २४, शनिबार

काठमाडौं– भोकमरी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

कोरोना संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार गरेको भर्चुअल संवादमा पौडेलले नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सिर्जना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए।

राज्यको भूगोलको पूनर्संरचना भएपनि सामाजिक र आर्थिक पुनर्संरचना हुन नसकेको बताए।  राज्यको सामाजिक रुपान्तरण हुन नसकेकै कारण रुकुमको चौरजहारी घटना भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ