+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसबाट विदेशमा ९५ नेपालीको मृत्यु, ६ हजार ७ सय ८१ जनामा संक्रमण

पालिका लाइभ
२०७७ जेष्ठ ४, आईतवार

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार (१६ मे २०२०) साँझसम्म विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या ९५ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

98002140 1073774856336014 6482532940310904832 n

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएई)मा ९, साउदी अरबमा २, आयरल्याण्ड, जापान, टर्कीमा, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा १/ १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ७७ जना पुरुष र १८ जना महिला रहेका छन्।

97283801 539985056674034 977430463742214144 n

कोरोना भाइरसका कारणले यो सातामात्र थप १७ जनाले ज्यान गुमाएका हुन्। सो साता ज्यान गुमाउनेहरुको संख्यामा बेलायत १२, युएई ३ र साउदी अरबमा २ रहेको स्वास्थ्य समितिले जनाएको छ।

97345667 286994975658226 1484894597954928640 n

सापकोटाका अनुसार नेपाल बाहेक विदेशमा मात्रै ६ हजार ७ सय ८१ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ।

97628727 1111774719191754 4887490414241644544 n

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, बेलायत १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्ट्रेलिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ