+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन खुलेको एक महिनापछि एसइई, ११ र १२ कक्षाकाे परीक्षा गर्ने बोर्डको तयारी

पालिका लाइभ
२०७७ बैशाख १०, बुधबार

काठमाडाैं- राष्ट्रिय परीक्षा बोर्डले लकडाउन खुलेको एक महिनापछि एसइई, ११ र १२ कक्षाकाे परीक्षा गराउने तयारी गरेको छ।

बोर्डले यसबारे आज निजी तथा सामुदयिक विद्यालयका प्रतिनिधिसँग छलफल पनि गरेको थियो।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार परीक्षा केन्द्र तोकी लकडाउन खुलेको एक महिनापछि परीक्षा गर्ने गरी तयारी भएकाे छ।

‘लकडाउन नखुली परीक्षा सम्भव हुँदैन। एसइई, ११ र १२ कक्षाको एकैदिनमा फरक-फरक सिफ्टमा परीक्षा हुन सक्छ,’ उनले भने, ‘सहज भयो भने डिस्टेन्स मेन्टेन गर्न परीक्षा केन्द्र थप गरी परीक्षा सञ्चालन गर्ने निणर्य आजकाे बैठकले गरेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ