+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि उपत्यकाका यी २२ स्थानबाट सजिलै पाइनेछ ग्यास

आजदेखि उपत्यकाका यी २२ स्थानबाट सजिलै पाइनेछ ग्यास
पालिका लाइभ
२०७६ चैत्र ९, आईतवार

काठमाडौं- कोरोना महामारीको सन्त्रासले ग्यासमा कालोबजारी हुन थालेपछि उपभोक्तालाई सहज होस् भनेर आज (आइतबार)देखि उद्योगीले काठमाडौं उपत्यकाका २२ स्थानमा रिटेल काउन्टर सञ्चालन गर्दै छन्।

आयल निगमले दिएको निर्देशअनुसार ग्यास उद्योग संघले आजदेखि काठमाडौंका विभिन्न २२ स्थानमा ग्यासको रिटेल काउन्टर सञ्चालन गर्ने भएका हुन्।

निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निगमले निर्देशन दिएको हो।

आपत परेका ग्राहकले रिटेलबाट पनि ग्यास खरिद गर्न सक्ने निगमले जनाएको छ।

ग्यास संघले पनि विज्ञप्तिमार्फत् आइतबारदेखि २२ ग्यास ब्रान्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने जानकारी दिएको छ।

विज्ञप्ति

15201 lp gas press release

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।