+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पालिका लाइभ
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं- गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए।

सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए।

अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ