+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधीन पोखरीमा डुबेर गोरखामा १३ बाँदर मरे

पालिका लाइभ
२०७६ फाल्गुन २०, मंगलवार

गोरखा- निर्माणाधीन पोखरीमा डुबेर मंगलबार १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पाेखरीमा डुबेर बाँदर मरेका हुन्र् ।

आपतकालीन समयमा दमकलले पानी तान्ने गरी वडाको बजेटबाट सो ठाउँमा पोखरी निर्माण भइरहेको थियाे।

‘त्यही नजिकै घर भएका एक जना दाईले पोखरीमा बाँदरले घेरा हालेको छ, मान्छेलाइ वरपर जान दिएको छैन भनेर खबर गरेपछि हामी पुग्यौं,’ पोखरी निर्माण समितिका अध्यक्ष गणेश थापाले भने, ‘हामी पुग्दा १३ वटा बाँदर पोखरीमा डुबेर मरिसकेछ ।’

स्थानीयको सहयोगमा मरेको बाँदरलाई बाहिर निकालिएको छ । स्थानीय शिखर टोल विकास संस्थाले खाल्डो खनेर पुर्ने तयारी गरिहेको थापाले बताए ।

चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको पोखरीमा तारबार गर्न बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ