+
Search

ताजा अपडेट +

पपुलर +

समयमै काम पुरा नगर्ने कम्पनीको ठेक्का सम्झौता रद्ध गर्न उर्जामन्त्री पुनको निर्देशन

पालिका लाइभ
२०७६ माघ २५, शनिबार

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले समयमा काम पुरा नगर्ने कम्पनीको ठेक्का सम्झौता रद्ध गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री पुनले कुनै पनि बहानामा काममा ढिलाइ गर्ने प्रवृत्तिलाई छुट नहुने बताउँदै समयमै काम पुरा गर्ने कम्पनीको ठेक्का सम्झौता रद्ध गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘विगतमा जस्तो संक्रमणकाल, कमजोर सरकार, कमजोर प्रणाली र काम गर्ने वातावरणमा असहजता अहिले छैन, कुनै पनि बहानामा काममा ढिलाई गर्ने प्रवृतिमा अब छुट हुँदैन,’ उनले भने ।

मन्त्री पुनले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

‘निरन्तर अनुगमन गर्नुस्, साँच्चै अप्ठ्यारो छ भने त्यसलाई फुकाउन सहजीकरण गर्नुस्’, उनले भने, ‘काम नहुने तर बारम्बार ठेक्काको म्याद थप्ने काम कसैबाट नहोस् ।’

आफू मन्त्री भएर आउँदा विद्युत प्राधिकरण र सिंचाइमा धेरै ठेक्का समस्याग्रस्त अवस्थामा रहेको भन्दै उनले दुई वर्षमा अथक प्रयासस्वरुप धेरै घटाउन सफल भएकोमा सन्तोष व्यक्त गरे ।

मन्त्री पुनले आफुले मन्त्रालय सम्हालेको दुई वर्षको अवधीमा समस्याग्रस्त ठेक्काको संख्यामा उल्लेख्य कमी आएको भन्दै उनले बाँकी रहेकाको पनि निरन्तर प्रगति विवरण हेरिरहेको बताए ।

ठेक्का लगाउने सम्बन्धित कार्यालयले विभागमार्फत मासिक रुपमा प्रगति विवरण मन्त्रालयमा पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ