गाेरखा- माघेसंक्रान्तीमा बारपाक-सुलिकाेट गाउँपालिका-८, जराङमा जराङ कप खुल्ला नक अाउट फुटवल प्रतियाेगिता हुने भएकाे छ ।
स्थानिय जनप्रेमी युवा क्लबको आयोजनामा जराङको बाक्लो गाउँ खेल मैदानमा माघ १ गतेदेखि ५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा पहिलो पुरस्कार ७० हजार र दोस्रो पुरस्कार ३५ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबले जनाएको छ ।
यसैगरि उत्कष्टृ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने क्लबका रमेश बरामले जानकारी दिए । माघेसंक्रान्तीका अबसरमा स्थानिय स्तरका खेलाडी तथा खेल क्षेत्रको विकासमा सघाउ पु¥याउने उदेश्यले प्रतियोगिता गरिएकाे अायाेजकले जनाएकाे छ ।
प्रतिक्रिया