+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिरो अपडेट : ६५ जनाको मृत्यु, ३८ घाइते, ३० बेपत्ता

पालिका लाइभ
२०७६ असार ३०, सोमबार

काठमाडौं- लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा डुवानका कारण देशभर ६५ जनाको मृत्यु भएको छ। सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार २४ महिला र ४१ पुरुषको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

बिहीबारदेखिको वर्षाका कारण विशेषगरी प्रदेश १, २, ३, ५ तथा कर्णाली प्रदेशमा बढी क्षति पुगेको छ। प्रहरीका अनुसार हालसम्म ३८ जना घाइते भएका छन्। घाइते हुनेमा १७ महिला र २१ पुरुष छन्। बाढी तथा पहिरोमा परी ३० जना अझै बेपत्ता छन्। विभिन्न जिल्लामा गरी १२ महिला र १८ पुरुष हराइरहेको प्रहरीले जनाएको छ।

badhi update

प्रकोपपछिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी देशभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा हालसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।

badhi update b

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ