+
Search

ताजा अपडेट +

पपुलर +

विपीको जिवनीमा आधारित डकुमेन्ट्री [हेर्नुहाेस् भिडियाे]

विपीको जिवनीमा आधारित डकुमेन्ट्री [हेर्नुहाेस् भिडियाे]
पालिका लाइभ
२०७६ जेष्ठ २०, सोमबार

काठमाडाैं- विसं १९७१ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मिएका विश्वेश्वर कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व हुन।

जहानियाँ राणा शासन विरुद्धको विसं २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बिपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत भए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन जीवनभर राजनीतिक सङ्घर्ष गरे र यसका लागि पटकपटक जेल र निर्वासनमा बस्नुपरेको थियो ।

राष्ट्रियता नै खतरामा परेको विश्लेषण गर्दै बिपी यसअघिको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किए । बीपी जनता र राष्ट्रको हितका लागि निर्णय लिनुपर्ने घडीमा देशको एकमुठ्ठी माटो छातीमा राखी विचार गर्नुपर्छ भनी आफ्ना समकालीन नेताहरुलाई आग्रह गर्थे ।

बिपी स्वदेश फर्किपछि नेपालको राजनीतिले नयाँ मोड लियो । २०३६ सालमा राष्ट्रिय जनमतसङ्ग्रह, २०४२ सालमा नेपाली काँग्रेसद्वारा सत्याग्रह र २०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भयो ।

वि पीको जिवनीमा आधारति डकुमेन्ट्री हेर्नुहाेस् भिडियाे

https://www.youtube.com/watch?v=Tec-90CciVE&feature=youtu.be

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।