+
Search

ताजा अपडेट +

पपुलर +

सांसद अधिकारीले गरे ४ करोड रकम बाँडफाड, भौतिक पूर्वाधार निर्माणमा विशेष जोड

सांसद अधिकारीले गरे ४ करोड रकम बाँडफाड, भौतिक पूर्वाधार निर्माणमा विशेष जोड
पालिका लाइभ
२०७५ कार्तिक २०, मंगलवार

गाेरखा- प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाँडफाड गरेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित अधिकारीले उक्त क्षेत्रमा प्राप्त हुने ४ करोड रकम बाँडफाड गरेको नेकपाका कार्यालय सचिव अंकुर तिमिल्सीनाले जानकारी दिए ।

भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिदै रकम बाँडफाड गरिएको छ । जसअनुसार कासिखोला–चौतारा–धावा सडक निर्माणका लागि ५० लाख, फुजेल आमडाँडा–पौवा–पौदी–रानीस्वाराँ सडकका लागि ५० लाख, माछाखोला सामुदायिक भवन निर्माणका लागि २५ लाख, उहिया सामुदायिक भवनको लागि २० लाख र काशिगाउँ खेलकुद मैदान निर्माणका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

यसैगरी जामुने–बासकोट–थुमी सडकको लागि २० लाख, घ्यापिनथोक–साततले भिर–पिपलडाँडा–आरुपोखरी सडक निर्माणका लागि २० लाख, मसेल बरामगाउँ–धारापानी खानेपानीको लागि १५ लाख, बोलाङ्र्गको नारनपुर–रुखाथुम सडक निर्माणका लागि २५ लाख बजेट छुट्याइएको छ ।

ताक्लुङको राइनास–जुम्लीचौतारा सडकको लागि २० लाख, गण्डकी गाउँपालिका ७ र ८ को वडा कार्यालय जोड्ने बाटो निर्माणको लागि १५ लाख, भुम्लिचोकको आइडाँडा चेपाङ छात्रावास निर्माणको १५ लाख, दर्बुङ्गको भगवती सामुदायिक भवन निर्माणका लागि २० लाख, छहरे–चम्मेनी–पोखराथोक–काप्राबोट हुँदै गोरखकाली मन्दिर जाने सडकको लागि १५ लाख रकम विनियोजन गरिएको तिमिल्सीनाले जानकारी दिए ।

त्यस्तै, फिनामको सरस्वती मावि–मधुघाट–जामुने सडकको लागि १० लाख, सिद्र्धिबास फिलिम सामुदायिक भवन निर्माण गर्न २० लाख, छेकम्पार खानेपानी निर्माणको लागि १०, बक्राङको खहरे बहुउदेश्यिय भवनका लागि १० लाख, ताप्ले १ को बाह्रबिसे खानेपानी निर्माणको लागि २० लाख र नवज्योति माबि डण्डीडाँडाको कम्पाण्ड निर्माणको लागि १० लाख बजेट व्यवस्था गरिएको छ ।

सांसद अधिकारीको संयोजकत्वमा बसेको परामर्श समितिको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाड गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, क्षेत्र नम्बर १ अन्र्तगतका प्रदेश सभा सदस्यहरु, गाउँपालिका, नरपाकिलाकाका प्रमुख र उपप्रमुखहरुको सहभागी परामर्श समितिको बैठकमा सांसद अधिकारीले सुझाव मागेका थिए ।

सोहीका आधारमा बसेको निर्देशक समितिले बजेट बाँडफाडको टुंगो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।