+
Search

ताजा अपडेट +

पपुलर +

संसदमा माधव नेपालको भावुक विलौना, भने ‘मेरो देश डुब्नै लाग्यो, कोही बचाइदेउ’

संसदमा माधव नेपालको भावुक विलौना, भने ‘मेरो देश डुब्नै लाग्यो, कोही बचाइदेउ’
पालिका लाइभ
२०७५ आश्विन ११, बिहीबार

काठमाडौं- सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपाल बिहीबारको संसद बैठकमा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको हुर्मत काढ्न उत्रिए । भावुक शैलीमा उनले कहाँ छ सरकार ? कहाँ छन् गृहमन्त्री भन्दै देशमा भैरहेका हत्या हिंसा र वेथितिमाथि वडो चिन्ता व्यक्त गरे ।

नेपालले भ्रष्टाचार नियन्त्रणका कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निर्मम प्रश्न गरे–जो भ्रष्टाचारी छ, जो अयोग्य घोषित भैसकेको छ उही पुनर्वाहाली गर्ने यो के तरिका हो ?’ नेपालले भनेका थिए –‘बाटोमा हिड्दा, पसलमा उभिदा सुन्नै लाज हुने, कान छोप्नु पर्ने अवस्था भो, कहाँ छन् गृहमन्त्री ?’

कालोसूचीमा परेका र आपराधिक कार्यमा संलग्न नै पुरस्कृत हुनु दुखद भएको उनले बताए । उनले नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लिप्त भएको भन्दै चोक चोकमा सरकारको व्यापक आलोचना भएको बताए ।

सिके राउततर्फ संकेत गर्दै नेता नेपालले मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम भइरहँदा पनि गृहप्रशासन मौन रहेको भन्दै उनले सरकारलाई सुन्ने बानीको विकास गर्न सुझाव दिए ।

सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाइरहेको तर्क उनको थियो । सर्वत्र सरकारका काम कारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेकोमा लाज लागेको उनले भावुक हुँदै सुनाएका थिए ।

नेपाल बोल्दा संसद बैठकमा सन्नाटा छाएको थियो भने, नेकपा सांसदहरू एकतमास बनेका थिए ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।