+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकद्वारा कालिकोटमा शाखा विस्तार, मान्ममा संचालनमा आयो ३०५औँ शाखा

प्रभु बैंकद्वारा कालिकोटमा शाखा विस्तार, मान्ममा संचालनमा आयो ३०५औँ शाखा
पालिका लाइभ
२०८१ असार २, आईतवार

काठमाडौं- प्रभु बैंक लिमिटेडले कालिकोटमा शाखा विस्तार गरेको छ। बैंकले खाडाचक्र नगरपालिका वडा नम्बर १ स्थित मान्ममा ३०५औँ शाखा संचालनमा ल्याएको जनाएको छ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्‍न ठाउँहरूमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ। यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले बताएको छ।

बैंकको मान्म शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्‍नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।