+
Search

ताजा अपडेट +

पपुलर +

इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जालाई असल देखाएको पुष्टि

पालिका लाइभ
२०८१ बैशाख २०, बिहीबार

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जालाई असल कर्जामा देखाउने कार्यमा संलग्न रहेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणका क्रममा यस्तो देखिएको हो । यो घटनामा राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई नियामकीय कारबाही गरेको छ ।

उक्त बैंकको कमलादी शाखाबाट खोलिएको प्रतिपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतिपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी हितग्राहीबाट बैंकले कुल ४१.३६ करोड बराबरको बिल्स खरिद गरी कर्जा सापटमा देखाएको थियो ।

सो प्रतिपत्रको परिपक्व हुने समय बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिन गरी असल कर्जाकै रूपमा देखाइएको राष्ट्र बैंकले जनाएको छ । यसबाट राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत कार्य भएको बैंकको भनाइ छ।

आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्चलाईसमेत समावेश गरी आधार दर गणना गरेको तथा पूँजीकोष गणना गर्दा केही कर्जाहरूको जोखिम सम्पत्तिलाई कम देखाएको पाइएको हो । यो बापत बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

याे पनि,

गम्भीर गल्ती गर्ने ४ वाणिज्य बैंक र २ विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ