+
Search

ताजा अपडेट +

पपुलर +

हेटौंडा पुगेर गृहमन्त्रीले भने : घेराबन्दी भए पनि भ्रष्टाचार र तस्करी अन्त्य गर्छु

हेटौंडा पुगेर गृहमन्त्रीले भने : घेराबन्दी भए पनि भ्रष्टाचार र तस्करी अन्त्य गर्छु
पालिका लाइभ
२०८० आश्विन १५, सोमबार

हेटौंडा– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो कार्यकालमा भ्रष्टाचार र तस्करी अन्त्य गर्ने बताएका छन्।

देशमा ब्याप्त भ्रष्टाचार र तस्करीमा तैँ चुप मै चुप हुने प्रचलन रहेको भन्दै आफ्नो कार्यकालमा यसको अन्त्य गर्ने बताएका हुन्।

हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमा भइरहेको भ्रष्टाचार, मिटर ब्याज, सुन तस्करी जस्ता कार्यहरु गर्नेविरुद्ध चुप लागेर नबस्ने बताएका हुन्।

आफूले गरेको कार्यप्रति युवा र पत्रकारहरुको ठूलो साथ र सहयोग मिलिरहेको भन्दै भ्रष्टाचार र तस्करीविरुद्ध नियन्त्रणको प्रयास निरन्तर चलिरहने बताए।

मन्त्री श्रेष्ठले ठूलो संघर्षबाट नेपालमा राजनीतिक परिवर्तन आएको बताउँदै तर सोचेअनुरुप देशमा विकास र समृद्धि हुन नसकेको स्वीकारे।

देशमा विकास र समृद्धि नआएसम्म राजनीतिक परिवर्तनको अर्थ नरहेको गृहमन्त्री श्रेष्ठले बताए।

यस्तै उनले भ्रष्टाचार नियन्त्रण र तस्करहरुलाई पक्राउ गर्दा गृहमन्त्रालयविरुद्ध केही शक्ति लागिपरेको बताए।

पहिले प्रहरी र गृहप्रशासनका कर्मचारी सरुवा गर्दा पनि निकै बेथिति रहे पनि अहिले नियम बनाएर मात्रै सरुवा, बढुवा गरेको उनले दाबी गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।