+
Search

ताजा अपडेट +

पपुलर +

१४ सांसदलाई कारबाहीको दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमा

१४ सांसदलाई कारबाहीको दबाब दिन एमाले सांसदहरु सभामुखको कार्यकक्षमा
पालिका लाइभ
२०७८ भाद्र ४, शुक्रबार

काठमाडौं– नेकपा एमालेका नेताहरुले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूची प्रकाशित गर्न दोस्रो दिनपनि सभामुखको सचिवालयमा गएर दबाब दिएका छन्।

ओलीपक्षका नेता महेश बस्नेत, खगराज अधिकारी लगायत नेताहरु शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सविचालयमा पुगेर नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूची प्रकाशित गर्न दबाब दिएका हुन्।

यसअघि बिहीबार पनि एमाले नेताहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा गएर १४ जना सांसदलाई कारबाही गरेर सूची प्रकाशित गर्न दबाब दिएका थिए।

एमालेले कारबाही गरी सकेका सांसदलाई सभामुखले कारबाही गरेर तत्काल सूची प्रकाशन गर्न उनीहरुले दबाब दिएका छन्। तर सभामुख सापकोटा भने उपस्थित छैनन्। यदी सभामुखले कारबाही प्रक्रियालाई रोकेमा उनकै कार्यकक्षमा धर्ना दिने बस्नेतले चेतावनी दिए। उता सभामुखले कारबाही गरिएका सांसदको विषय अध्ययनकै क्रममा भएकाले थप बुझेर मात्रै कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।