+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेमा चराउदै गरेका ३० ओटा भन्दा बढी भेडालाई पहिरोले बगायाे

धार्चेमा चराउदै गरेका ३० ओटा भन्दा बढी भेडालाई पहिरोले बगायाे
पालिका लाइभ
२०७८ जेष्ठ १५, शनिबार

गोरखा– धार्चे गाउँपालिका–१, हुलचुकमा चराउदै गरेका ३० ओटा भन्दा बढी भेडालाई पहिरोले बगाएर बेपत्ता बनाएको छ ।

गाउँदेखि झण्डै ३ घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनएको वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

घटना बिहिबार बिहान करिब १० बजेको समयमा भएपछि खर्कबाट गाउँमा जानकारी ढिलो गरि आएको उहाँको भनाई छ ।

‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिरोले भेडा बगाएको जानकारी आएको छ, उनले भने, करिब १२० ओटा भेडामध्ये ३० वटा भन्दा बढीलाई पहिरोले बगाएको गोठालो बताएका छन् ।’

पहिरोले भेडा बगाएपछि जानकारी आएपछि आफ्न्तहरु खोजीका लागि त्यस तर्फ गएको भएपनि नफर्किएको उनको भनाई छ ।

‘भेडा बगाएको जानकारी आएपछि गोठालाका आफन्तहरु खोजीका लागि गएका छन्, वडाध्यक्ष गुरुङले भने, तर उहाँहरु अहिलेसम्म फर्कनु भएको छैन ।’ स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिरोले बगाएको उनको भनाई छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।