+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई बाबुरामको पश्न ‘पार्टी चलाउन नसकेर माओवादीलाई एमालेमा विलय गराउनु भएको हो’

प्रचण्डलाई बाबुरामको पश्न ‘पार्टी चलाउन नसकेर माओवादीलाई एमालेमा विलय गराउनु भएको हो’
पालिका लाइभ
२०७५ जेष्ठ ५, शनिबार

पाेखरा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वगठित नेपाल कम्युनिस्ट (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई  पार्टी चलाउन नसकेर माआवादीलाई एमालेमा विलय गराएकाे आराेप लगाएका छन् ।

शनिबार बिहान पोखरामा संसदीय पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई यस्ताे पश्न गरेका हुन्।

नेकपा प्रति कटाक्ष गर्दै उनले भने ‘जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

उनले प्रचण्डलाई पार्टी चलाउन नसकेर माओवादीलाई एमालेमा विलय गराएको आरोप लगाए । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने दावी गरे ।

एकीकृत पार्टी सधैंभरि पाँच वर्ष सम्म चल्ला त्यस पछि नचल्ने उनको भनाई थियो । ‘यो मर्जरले पाँच वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । ‘यही साइजमा रहँदैन ।’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।