+
Search

ताजा अपडेट +

पपुलर +

एकै मितिमा चुनाव गरौं : निर्वाचन आयोग

एकै मितिमा चुनाव गरौं : निर्वाचन आयोग
पालिका लाइभ
२०७७ पुष ५, आईतवार

काठमाडौं- निर्वाचन आयोगले एकै मितिमा आगामी आम चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री ओलीसँगको छलफलमा एकै मितिमा चुनाव गर्न सुझाव दिएको हो।

‘सरकारले दुईवटा मितिमा चुनाव गर्न प्रस्ताव गरेको छ, आयोगले एकै मितिमा चुनाव गर्दा व्यवस्थापन गर्न सहज हुन्छ भनेको हो,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका थिए। सरकारले प्रतिनिधिसभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते चुनाव गर्न प्रस्ताव गरेको छ।

प्रतिक्रिया