+
Search

ताजा अपडेट +

पपुलर +

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा, महर भन्छन्ः नेविसंघको विषयले पार्टीमा मतान्तर बढायो

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए राजीनामा, महर भन्छन्ः नेविसंघको विषयले पार्टीमा मतान्तर बढायो
पालिका लाइभ
२०७५ माघ २८, सोमबार

काठमाडाैं- नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको राजीनामा दिएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

उनले दिएकाे राजिनामा स्वीकृत भएको छ। महरले अध्यक्ष पदबाट दिएको राजीनामा नेपाली कांग्रेसका सभापति देउवाले स्वीकृत गरेका हुन्।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।

सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेका थिए। उनले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास पनि व्यक्त गरे।

महरले दुई पटकसम्म नेविसंघको महाधिवेशन कार्यतालिका सार्वजानिक गरे पनि महाधिवेशन गर्न सकेका थिएनन्।

उनले आफ्नो राजीनामा गराउन सिंगो केन्द्रीय कार्यसमिति लागेको आरोप लगाएका थिए। निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।

यसअघि नै नेपाली कांग्रेसका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाल विद्यार्थी संघको केन्द्रीय समिति भंग गर्ने धारणा सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।