+
Search

ताजा अपडेट +

पपुलर +

बहुमूल्य प्याज : ६ अर्बको आयात, दुई करोडको निर्यात

बहुमूल्य प्याज : ६ अर्बको आयात, दुई करोडको निर्यात
पालिका लाइभ
२०७६ मंसिर १५, आईतवार

काठमाडौं- औधोगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ।

प्याज एक उदाहरण हो। वार्षीक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ।

भन्सार विभागका अनुसार आव ०७५/०७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो। यसरी आयात गर्दा देशले पाँच अर्व ६२ करोड रुपैयाँ विदेश पठाइएको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयत भएको छ।

भन्सारमा ३५ रुपैयाँ प्रतिकिलो दरले मूल्यांकन गरेर ल्याएको प्याज बजारमा दुई सय ५० रुपैयाँमा विक्री भइरहेको छ। तर, भन्सार छलिँदा आँखा चिम्लिने सरकार उपभोक्ता ठगिँदा मूकदर्शक छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।