काठमाडौं– सरकारले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगलाई तीन महिनाको समय दिइएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमन र तोडफोडको छानबिन गर्न आयोग बनाउने निर्णय गरिसकेको थियो।
याे पनि,
विद्युत प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा
पदभार सम्हालेकै दिन कार्कीले सरकारी, सार्वजनिक र निजी सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन्।
सो प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। आयोगले घटनाका सबै पक्षको अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने अपेक्षा गरिएको छ।
याे पनि,
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानकर्ता मनोज केसीलाई सीआईबीको जिम्मेवारी
प्रतिक्रिया