+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस विभाजन हुँदैन, कसैले सोचेको छैन : विश्वप्रकाश शर्मा

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १८, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुनेकुरामा विश्वस्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यालय सानेपामा पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विभाजन नहुने बताएका हुन् ।

‘कांग्रेस फुट्दैन, ढुक्क हुनुस्। पार्टी एक ढिक्का भएर जान्छ। नेतृत्व परिवर्तन गरेरै निर्वाचनमा जान्छ। नियमित महाधिवेशन नभएको हुँदा हामीले स्थगन गरेको हो। यसपछि के त विकल्पमा विशेष महाधिवेशन नै हो,’ शर्माले भने।

अब पुस २६ गते उद्घाटन गर्ने गरी महाधिवेशन अघि बढ्नेसमेत उनले बताए।

‘२६ गते उद्घाटन गर्ने गरी महाधिवेशन हुनुपर्छ। दिउँसो उम्मेदवारी दर्ता गरेर भोलिपल्ट भोटिङ मेसिनबाट मतदान गर्ने व्यवस्था हुनुपर्छ,’ शर्माले भने, ‘यही विषयमा केन्द्रीय सम्पादन समितिमा छलफल हुन्छ।’

कांग्रेसमा महामन्त्रीद्वय शर्मा र गगन थापा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग गरेअनुसार नै विशेष महाधिवेशन गरेर जानुपर्ने पक्षमा छन् । तर संस्थापकहरू भने निर्वाचनअघि पार्टी अधिवेशन गर्न नहुने पक्षमा छ ।

महामन्त्रीहरू भने फागुन २१ को निर्वाचनअघि पार्टीमा नयाँ नेतृत्वसहित जानुपर्नेमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ