+
Search

ताजा अपडेट +

पपुलर +

गोकुल बास्कोटाको प्रश्न: चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने?

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

काठमाडौं- एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम बटुल्न थालेको संकेत गरेका छन्।

आज सामाजिक सञ्जालमा उनले यस्तो संकेत गरेका हुन्।

भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, उनले खुलाएका छैनन्। तर कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्।

एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा भएको सभामा नेकपाका अध्यक्ष प्रचण्डले पनि एमालेले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बताएका थिए।

एमाले नेता बास्कोटाले पनि आफ्नै दलले भित्रभित्रै निर्वाचनको तयारी गरेको संकेत गरेका हुन्।

‘चुनाब हुँदैन पनि भन्छन्, दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्,’ बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुन पत्याउनु हो? लाखे!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ