काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। पोखरेल समूहले आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्ग्याउन थालेको छ।
पोखरेल समूहले अध्यक्षमा पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बनाउन पक्का गरेको छ।
उपाध्यक्षका पाँच पदमा गोकर्ण विष्ट, पर्शुराम मेघी गुरुङ, बिन्दा पाण्डे र अरुण नेपाल लगभग निश्चित भएका छन् भने दुई जनाको नाम टुंगिन बाँकी छ।
उपमहासचिव पदमा पुरुषोतम पौडेल र योगेश भट्टराई उम्मेदवार तय भइसकेका छन्। अर्काे उपमहासचिवको नाम पनि टुंगिन बाँकी छ।
सचिव पदका लागि गोकुल बास्कोटा, रचना खड्का, कृष्ण गोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाल र इन्द्रलाल सापकोटाको नाम फाइनल भएको छ। सचिवका दुई पदको नाम टुंगिन बाँकी रहेको छ।
नेताहरूका अनुसार उपमहासचिव र केही उपाध्यक्ष पदमा अन्तिम टुङ्गो आजको छलफलपछि तय हुनेछ।
चुनावी तालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता हुनेछ भने मंगलबार मतदान हुँदैछ।
नयाँ नेतृत्व चयनका लागि एमालेको विभिन्न प्यानल तयार हुँदै गएको छ।
आइतबार राति अबेरसम्म र आज (सोमबार) बिहान बसेको समूह बैठकले उक्त नामहरू तय गरेको एक नेताले बताए।
प्यानलअनुसार:
अध्यक्ष: ईश्वर पोखरेल
महासचिव: सुरेन्द्र पाण्डे
उपाध्यक्ष (५ जना): गोकर्ण विष्ट, पर्शुराम मेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल (२ जना बाँकी)
उपमहासचिव (३ जना): पुरुषोतम पौडेल, योगेश भट्टराई (१ जना बाँकी)
सचिव (९ जना): गोकुल बास्कोटा, रचना खड्का, कृष्ण गोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाल, इन्द्रलाल सापकोटा (२ जना बाँकी)
प्रतिक्रिया