+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

पालिका लाइभ
२०८२ मंसिर २९, सोमबार

काठमाडौं- नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

आजको बैठकले कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा मंसिर २७ गते राति उपाध्यायको निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ