+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएल-२:

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

पालिका लाइभ
२०८२ मंसिर ८, सोमबार

काठमाडौं– साविक विजेता जनकपुर बोल्ट्सले १३६ रनको लक्ष्य पाएको छ।

नेपाली प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले जनकपुरसामू १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरको कमजोर प्रदर्शनका बीच निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो।

विराटनगरका लागि सबैभन्दा ठूलो साझेदारी शुभम रञ्जनी र बसीर अहमेदबीच रह्यो। यी दुईले चौथो विकेटका लागि ५० बलमा ५२ रनको साझेदारी गरे। शुभमले सर्वाधिक ३७ रन बनाउँदा बसीरले २६ रन बनाए। त्यसअघि ओपनर लोकेश बमले २८ रनको योगदान दिएका थिए।

बलिङतर्फ जनकपुरका सङ्गिथ कूरे र रुपेश सिंहले समान २ विकेट लिँदा आदित्य महताले १ विकेट लिए।

यसअघिका दुई खेलमा लगातार जित निकालेको विराटनगर आज तेस्रो जितको खोजीमा मैदानमा छ। अर्कोतर्फ उद्घाटन खेलमै काठमाडौं गोर्खाजसँग हार ब्यहोरेको जनकपुर बोल्ट्स लय फर्काउने लक्ष्यमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ