+
Search

ताजा अपडेट +

पपुलर +

दाङमा वडाध्यक्ष र इन्जिनियरसहित ९ जुवाडे पक्राउ

सांकेतिक तस्विर
पालिका लाइभ
२०८२ कार्तिक ३, सोमबार

दाङ– घोराहीमा एक वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र उपमहानगरमा कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जना गए राति काठेकोलस्थित एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ।

पक्राउ पर्ने अन्यमा घोराही-१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका-२ का तेज प्रसाद आचार्य छन्।

प्रहरीले पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ