+
Search

ताजा अपडेट +

पपुलर +

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन: राष्ट्रिय वाणिज्य बैंक

पालिका लाइभ
२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकका नाममा ग्राहकलाई फोन गरेर आर्थिक लाभको प्रलोभन देखाइ ठगी गरेको भेटिएपछि बैंकले ग्राहकलाई सचेत रहन अनुरोध गरेको छ ।

पछिल्ला दिनमा केही व्यक्तिले बैंकका नाबाट फोन गरेर व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाबारे बताइ ठगी गरेको गुनासो आएपछि बैंकले ग्राहकलाई सचेत रहन अनुरोध गरेको हो ।

बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनै पनि प्रयोजनका लागि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटीएम पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटीपी, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने भन्दै बैंकले त्यस्ता विवरण मग भए उपलब्ध गराउन समेत आग्रह गरेको हो ।

बैंकका ग्राहकलाई अनधिकृत आउने यस्ता किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत बैंकले अनुरोध गरेको छ ।

यदि कहीँकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाइए नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न बैंकले सुझाव दिएको छ ।

बैंकका आधिकारिक सूचना, अफर तथा योजना बैंकको आफ्नै वेबसाइटबाट प्रकाशन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ