+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी श्रेष्ठको आग्रह: घोषित मितिमै चुनाव, अन्तरिम सरकारलाई सबैले सहयोग गराैं

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन २, बिहीबार

काठमाडौ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारलाई सबैले सघाउनुपर्ने बताएका छन् ।

उनले जेनजी आन्दोलनका उपलब्धिहरूलाई हाइज्याक गर्ने र धोका दिने सम्भावना हुने भएकाले यसमा खबरदारी गर्न अपिल गरेका छन् ।

‘राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षाका लागि सचेत भएर अघि बढ्नुपर्छ । जेनजी आन्दोलनको मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसका उद्देश्यलाई घात गर्ने काम नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ,’ श्रेष्ठले बुधवार भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,’अहिले घोषित मितिमा चुनाव गर्ने र सरकारलाई सफल बनाउनुपर्छ ।’

उनले जेनजी आन्दोलनको माग भ्रष्टाचार र सुशासन पनि भएकाले यसमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले सिंहदरबार लगायतका सरकारी कार्यालय भवनहरूमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

उनले जेनजी आन्दोलनका नेताहरूलाई नै दमन गर्ने कार्य भए त्यो प्रतिक्रान्तिकारी दमन हुने उनको धारणा छ ।

‘अघिल्लो दिनको हत्याबाट केही प्रतिक्रियात्मक गतिविधि जनसमुदायबाट भएका रहेछन् भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । जुनसुकै आन्दोलनमा यस्ता गतिविधि र घटना हुन्छन् नै’ उनले भनेका छन्,’ कारबाहीको नाममा आन्दोलनकारी माथि नै प्रतिक्रान्तिकारी दमन गरियो भने स्वीकार्य हुन सक्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ