+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशका सभामुखले दिए राजिनामा

पालिका लाइभ
२०८२ आश्विन १, बुधबार

काठमाडौं– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।

उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष आज राजीनामा पत्र बुझाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुबै भवन जलेपछि विषम् परिस्थितिकाबीच पदमा बसिरहन नैतिकताले नदिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

१२ करोड रुपैयाँ लागतमा करिब पाँच वर्ष लगाएर निर्माण गरेको बागमतीको नयाँ प्रदेशसभा भवन उद्घाटनको एक महिना मै तोडफोड र आगजनीबाट ध्वस्त भएको थियाे।

15551Bagmati

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ