+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बीमा बोर्डले गर्‍यो थप २२ स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता

पालिका लाइभ
२०८२ भाद्र १, आईतवार

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले थप २२ वटा स्थानीय तहमा रहेका २६ अस्पतालसँग सेवा सम्झौता सम्पन्न गरेको छ।

स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा स्वास्थ्य संस्थाहरू सूचीकृत भई सेवा सम्झौता सम्पन्न भएकाे हाे ।

सम्झौता अनुसार ती अस्पतालहरू प्रथम सेवा विन्दुका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेछन्।

सम्झौता स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ८ बमोजिम हुने गरी गरिएको हो।

नयाँ सम्झौतासँगै स्वास्थ्य बीमा बोर्डमा अब प्रथम सेवा विन्दु ४१७ पुगेका छन्। साथै, ८५ वटा प्रेषण केन्द्रसहित बोर्डमा जम्मा ५०२ वटा सेवा प्रदायक स्वास्थ्य संस्था सूचीकृत भएका छन्। यससँगै प्रथम सेवा विन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ठकुरीका अनुसार यस कदमले बीमितलाई आफ्नै स्थानीय तहमै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा लिन मद्दत गर्नेछ।

सेवा सम्झौता गरिएका अस्पताल

15155115board

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ