+
Search

ताजा अपडेट +

पपुलर +

‘ग्लोबल हिरो अवार्ड’ पाएपछि कुलमानले भने: संसारभरिका नेपालीलाई जोड्दै जाओस्

‘ग्लोबल हिरो अवार्ड’ पाएपछि कुलमानले भने: संसारभरिका नेपालीलाई जोड्दै जाओस्
पालिका लाइभ
२०८२ श्रावण १२, सोमबार

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् ।

घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो ।

न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै भिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

घिसिङ गत शुक्रबारदेखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन्।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।