काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।
आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले सुनाइन्, ‘त्यसकारण आज पर्यटन राज्यमन्त्री ज्यूले ५ बजे प्रधानमन्त्री ज्यूलाई भेटेर राजनीनामा बुझाउनु हुन्छ ।’
शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।
आइतबार उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने व्यहोराको पत्र सभामुखलाई बुझाइयो,’ उनले भने ।
प्रतिक्रिया