+
Search

ताजा अपडेट +

पपुलर +

निजामती सेवा विधेयक:

रामहरि खतिवडालाई कारबाही गर्न सूर्य थापाको माग, भन्छन्- ‘क्षमायोग्य छैन’

पालिका लाइभ
२०८२ असार १७, मंगलवार

काठमाडौं– सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य व्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।

राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।

एमालेका सांसद सूर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् ।

‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैर जिम्मेवार र जबाफदेहिता विहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

उनले अगाडी भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रिया विपरीतको कुशासन नै हाबी देखियो, सार्वभौम संसद् र जन निर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो ? यो गम्भीर विषय भएको छ ।’

निजामती सेवा विधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको विधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ