+
Search

ताजा अपडेट +

पपुलर +

सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन, ६ खेलाडी रिलिज

पालिका लाइभ
२०८२ असार ७, शनिबार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ ।

रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको छ ।

रोयल्सले दिपेन्द्र सहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको हो ।

रोयल्सले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ, वसन्त खत्रीलाई रिलिज गरेको छ ।

पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् संग पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ