+
Search

ताजा अपडेट +

पपुलर +

सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

पालिका लाइभ
२०८२ असार ५, बिहीबार

काठमाडौं– एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाउँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।

‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ