काठमाडाैं- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार भट्टराईको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको आधारमा बुधवार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार हो ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख भट्टराई एवं अन्य अध्यागमन अधिकृत र कर्मचारीहरूको मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको बताइएको छ ।
त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख भट्टराईलाई आयोगले बुधवार पक्राउ गरेको हो । अन्य कर्मचारीहरूको पनि त्यसमा साँठगाँठ रहेको आशंकामा अनुसन्धान जारी राखिएको छ ।
अख्तियारको छापा र पक्राउपछि अध्यागमनका केही अधिकृत र कर्मचारीहरू मोबाइल स्वीचअफ गरी भागाभाग भएको छ ।
अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपाने यतिबेला सम्पर्कविहीन छन् ।
प्रतिक्रिया