काठमाडौं– वित्तीय सूचकहरू खराब हुँदै गएपछि एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएको विभिन्न स्रोतहरूले बताएका छन् । बैंक तथा राष्ट्र बैंक स्रोतका अनुसार उनले हालै राजीनामा बुझाए पनि सञ्चालक समितिले स्वीकृत गरिसकेको छैन ।
२०७५ मंसिरमा सीईओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुनः निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले तत्कालै राजीनामा स्वीकृत गर्न नचाहेको स्रोतहरूले बताएका छन् ।
न्यौपाने सीईओ बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभाबी कर्जा प्रवाह गरेपछि बैंकको सूचक बिग्रिँदै गएको हो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ९३ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । २०८०/८१ को पुससम्ममा १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको बैंकले २०८१/८२ को सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
वितरणयोग्य नाफा ऋणात्मक रहेको बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ ।
बैंकको सूचकहरू बिग्रिँदा लगानीकर्ताको हात पनि खाली हुँदै आएको छ । बैंकले गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेको छैन । यसअघि बैंकले राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक पूँजीकोष कायम गर्न नसक्दा आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन ।
आव २०७९/८० मा एनईसीले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५२ प्रतिशत नगद गरी ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासमा यसका सीईओका साथै सञ्चालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार यसले सञ्चालक तथा परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएको छ ।
याे पनि,
संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो
एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप
एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न
संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
प्रतिक्रिया