+
Search

ताजा अपडेट +

पपुलर +

हुप्सेकोटका छोरीको खातामा स्थानीय सरकारको ५ हजार, अभिभावकले कति थप्दैछन् ?

पालिका लाइभ
२०८२ बैशाख १९, शुक्रबार

नवलपरासी– हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरूलाई ५ हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ ।

‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो ।

हुप्सेकोटमा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडाकार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा ५ हजार रुपैयाँका दरले २ लाख ८० हजार रुपैयाँ निकासा भइसकेको छ । यसमा अभिभावकलाई कम्तीमा ५ हजार रुपैयाँ थप जम्मा गर्न पालिकाले आग्रह पनि गरेको छ ।

छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास उक्त कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।

हुप्सेकोटले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो ।

उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरी दिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ