+
Search

ताजा अपडेट +

पपुलर +

राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

पालिका लाइभ
२०८२ बैशाख १४, आईतवार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभई इमानको राजनीति गर्ने बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् ।

‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्त गर्नको लागि, आफ्ना मान्छे जागिर खुवानको लागि हैन । सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिले पनि हेक्का छोड्नुहुँदैन,’ उनले भने ।

मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउन्डेसनले जनताको बहुदलीय जनवादलाई प्रक्रिदै दृण्णताका साथ अघि बढ्ने बताए । उनले फाउन्डेसनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ