+
Search

ताजा अपडेट +

पपुलर +

हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना पक्राउ

पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार

काठमाडौं– हुन्डी कारोबारको आरोपमा गोरखाकी करिना देवकोटा पक्राउ परेकी छन्।

काठमाडौंको न्युरोडबाट पालुङटार नगरपालिका-१० बागडाँडाकी १९ वर्षीया देवकोटालाई प्रहरीले आज आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ।

उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिइएको बोहराको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ