+
Search

ताजा अपडेट +

पपुलर +

राजावादीको निशानामा परेको एउटा उद्योग

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

पालिका लाइभ
२०८१ चैत्र १६, शनिबार

काठमाडौं– पूर्वराजाका समर्थकहरूले शुक्रवार गरेको प्रदर्शनमा काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।

चैत्र १५ गते शुक्रवार भएको प्रदर्शन र तोडफोडमा जडीबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङमा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।

तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।

आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरू जलेका छन् । काठमाडौं उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रवारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौ वटा र सरकारी, निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।

प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौ वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

1jadibuti kendra

6jadibuti kendra

 

321jadibuti kendra

651jadibuti kendra

312jadibuti kendra

51jadibuti kendra

61jadibuti kendra

152jadibuti kendra

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ