+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ मा वित्तीय साक्षरता कार्यक्रम

पालिका लाइभ
२०८१ चैत्र १३, बुधबार

काठमाडाैं– एनएमबि बैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।

FLP1 1536x862 1

बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

FLP

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ