+
Search

ताजा अपडेट +

पपुलर +

चिरिबाबुको प्रस्ताव- चिडियाखाना राति पनि सञ्चालन गरौं, महानगरले लगानी गर्छ

पालिका लाइभ
२०८१ पुष १४, आईतवार

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रुपमा विकास गर्न महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन ‘जू’ हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरेँ । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकपटक अध्ययन गरौं न,’ मेयर महर्जनको प्रस्ताव छ ।

सदर चिडियाखानालाई रात्रिकालीन रुपमा चलाउनको लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत उनले गरेका छन् ।

‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहन्छु । किनभने यहाँ रात्रिकालीन क्रियाकलापहरू छैनन् । रात्रिकालीन क्रियाकलापहरू शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा सुरु गरौं,’ उनले भने ।

साथै, आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पुरा भइसकेको उनको दाबी थियो ।

‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ