+
Search

ताजा अपडेट +

पपुलर +

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

पालिका लाइभ
२०८१ पुष १, सोमबार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो ।

टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे ।

उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैबले एक विकेट झारे।

आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ