+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
पालिका लाइभ
२०८१ कार्तिक २६, सोमबार

काठमाडाैं– बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।