+
Search

ताजा अपडेट +

पपुलर +

इन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छु- मन्त्री पाण्डे

इन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छु- मन्त्री पाण्डे
पालिका लाइभ
२०८१ भाद्र २४, सोमबार

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्र जात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

त्यसै गरी मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । सो अवसरमा इन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीन वटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । इन्द्र जात्रा आगामी असोज एक गते मनाइने भएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।